खेलकुद || sports 2080
Course: खेलकुद ||khelkud — Practice MCQs, solutions, formulas & past entrance questions.
Chapter:
| 1. फिफा महिला विश्वकप २०२३ |
फिफा महिला विश्वकप २०२३
फिफा महिला विश्वकप २०२३ संचालन भैरहरेको छ
- प्रतियोगिता अवधि : २० जुलाई - २० अगस्त २०२३
- आयोजक देश : अष्ट्रेलिया र न्युजिल्याण्ड
- सहभागी देश : ३२
- खेलाइने खेल संख्या : २५
- सन् २०१९ को महिला विश्वकप फुटबलको विजेता : अमेरिका
थप जानकारीहरु
- पहिलो प्रतियोगिता : सन् १९९१ (चीनको ग्वांगडोंगमा)
- प्रतियोगिता अवधि : ४ बर्षमा
- सन् २०२३ को प्रतियोगिता : ९ औं
- एसियावाट सहभागी : अष्ट्रेलिया, जापान, चिन , फिलिपिन्स, दक्षिणकोरिया, भियतनाम
| 2. नेपाल वाफ वुमन्स च्याम्पियनसिप को उप-विजेता 🆕 |
नेपाल वाफ वुमन्स च्याम्पियनसिप को उप-विजेता 🆕
नेपाल वाफ वुमन्स च्याम्पियनसिप को उप-विजेता बनेको छ
- फाइनल खेल : २०२४ फेब्रुअरी २९
- विजेता : जोर्डन
- उप-विजेता : नेपाल
- आयोजना स्थल : साउदी अरेबियाको जेद्दा
- नेपाल फाइनलमा तीनपल्टको डिफेन्डिङ च्याम्पियन जोर्डनको हातबाट टाइब्रेकरमा ५–३ ले पराजित रह्यो
- खेलको निर्धारित समय २–२ को बराबरीमा टुंगिएपछि प्रतिस्पर्धा सिधै पेनाल्टी सुटआउटमा गएको थियो ।
- जोर्डनको फिफा वरीयता ७४ रहेको छ भने नेपाल १०५ औं स्थानमा छ ।
- प्रतियोगितामा नेपालकी सावित्रा भण्डारी ९ गोल सहित सर्वाधिक गोलकर्ता बनिन
| 3. २३ औं आहारारा पोखरा गोल्डकपको उपाधी त्रिभुवन आर्मीलाइ |
२३ औं आहारारा पोखरा गोल्डकपको उपाधी त्रिभुवन आर्मीलाइ
२३ औं आहारारा पोखरा गोल्डकपको उपाधी त्रिभुवन आर्मीलाइ
- फाइनल खेल : २०८० माघ २०
- विजेता : त्रिभुवन आर्मी क्लब
- उपविजेता : थ्री स्टार क्लब
- फाइनलमा थ्रीस्टारलाई ३–० ले पराजित गरेर आर्मी आहाराराको इतिहासमा नयाँ च्याम्पियन बनेको हो ।
- त्रिभुवन आर्मी क्लबले १२ लाख १ हजार रुपैयाँ प्राप्त गरेको छ भने उपविजेता थ्रीस्टार क्लबले ६ लाख १ हजार रुपैयाँ प्राप्त गरेको छ ।
विधागत पुरस्कार,
- सर्वोत्कृष्ट खेलाडी : विमल पाण्डे, आर्मी
- सर्वाधिक गोलकर्ता : दिनेश हेन्जन, ३ गोल, आर्मी
- फेयर प्ले : जावलाखेल
- बेस्ट डिफेन्डर : विमल पाण्डे, आर्मी
- बेस्ट मिडफिल्डर : विवेक पौडेल, थ्रीस्टार
- बेस्ट फरवार्ड : जिलेप्सीजंग कार्की, आर्मी
- बेस्ट किपर : समित श्रेष्ठ, आर्मी
- बेस्ट कोच : मेघराज केसी, आर्मी
- पब्लिक च्वाइस अवार्ड : भरत खवास (आर्मी) र अभिषेक बराल (थ्रीस्टार)
| 4. म्यानचेस्टर सिटी बन्यो एफ ए कप च्याम्पियन |
म्यानचेस्टर सिटी बन्यो एफ ए कप च्याम्पियन
म्यानचेस्टर सिटी एफ ए कप च्याम्पियन बनेको छ
- फाइनल खेल : ३ जुन २०२३
- विजेता : म्यानचेस्टर सिटी
- उप विजेता : म्यानचेस्टर युनाइटेड
- म्यानचेस्टर युनाइटेडलाई २–१ गोलले हराउँदै सिटी च्याम्पियन बनेको हो ।
- सिटीका इल्केए गुन्डोगानले दुई गोल गरेका थिए
| 5. प्रधानमन्त्री कप महिला टी–२० राष्ट्रिय प्रतियोगिताको उपाधि एपीएफलाई |
प्रधानमन्त्री कप महिला टी–२० राष्ट्रिय प्रतियोगिताको उपाधि एपीएफलाई
एपीएफ क्लबले प्रधानमन्त्री कप महिला टी–२० राष्ट्रिय प्रतियोगिताको उपाधि जितेको छ
- कहिले ? : २०८० पुष १८
- विजेता : एपीएफ क्लब
- उप-विजेता : कोशी प्रदेश
- कोशी प्रदेशलाई ११ रनले हराउँदै एपीएफ च्याम्पियन बनेको हो ।
- सहभागी टिम : ८ वटा
- उपाधिसँगै एपीएफले पाँच लाख रुपियाँ पुरस्कार पाएको छ ।
- उपपिवजेता कोशीले तीन लाख रुपियाँ प्राप्त गरेको छ ।
- सर्वोत्कृष्ट खेलाडी : रुबिना क्षेत्री
| 6. नेपालमा पहिलो 'ड्रागन बोट रेस फेस्टिभल' |
नेपालमा पहिलो 'ड्रागन बोट रेस फेस्टिभल'
नेपालमा पहिलो 'ड्रागन बोट रेस फेस्टिभल' आयोजना गरिएको छ
- कहाँ ? : पोखरा स्थित फेवा तालमा
- कहिले ? : २०८० असार ८ र ९ गते
- प्रतियोगिताको नाम : ‘नेपाल–चीन फ्रेन्डसिप ड्रागन बोट रेस फेस्टिभल’
- सहभागी टिम : ८ ( नेपाली ४, चिनिया ४)
- पुरस्कार राशि : ५ लाख ५० हजार
- प्रथम : चीनको युनानी टोली
- दोस्रो : नेपालको नारा नेपाल
- शीतनिद्रामा रहेको ड्रागनलाई ब्युँझाउन चीनमा २ हजार वर्षअघिदेखि यो उत्सव मनाउन थालिएको मानिन्छ ।
| 7. लिग्स कप–२०२३ को उपाधि इन्टर मियामीलाई |
लिग्स कप–२०२३ को उपाधि इन्टर मियामीलाई
मेस्सी आबद्ध इन्टर मियामीले लिग कप २०२३ को उपाधि जितेको छ

- फाइनल खेल : २०२३ अगस्त २०
- विजेता : इन्टर मियामी
- उपविजेता : नाशभिल एफसी
- टाइब्रेकरमा इन्टर मियामी १०–९ गोलले विजयी भएको हो
- सन् २०२० मा स्थापित इन्टर मियामीको यो क्लब इतिहासकै पहिलो उपाधि हो ।
- लिग कप उत्तर अमेरिकामा बार्षिक रुपमा विभिन्न क्लबहरु बीच हुने फुटबल प्रतियोगिता हो ,
| 8. चर्च ब्वाइजले जित्याे झापा गाेल्डकपकाे उपाधि 🆕 |
चर्च ब्वाइजले जित्याे झापा गाेल्डकपकाे उपाधि 🆕
चर्च ब्वाइजले छैठौ झापा गाेल्डकप २०८० काे उपाधि जितेको छ
- फाइनल खेल : २०८० फागुन २८
- विजेता : चर्च ब्वाइज क्लब
- उप विजेता : सशस्त्र प्रहरी बलकाे एपीएफ क्लब
- फाइनलमा खेलमा चर्च ब्वाइजले एपीएफलाई ३–० गाेलले हरायाे ।
- याे जितसँगै चर्च ब्वाइझले १३ लाख र उपविजेता बनेकाे एपीएफले सात लाख रुपैयाँ प्राप्त गरेकाे छ
| 9. १९औँ एसियाली खेलकुदमा नेपाललाई पहिलो पदक प्राप्त |
१९औँ एसियाली खेलकुदमा नेपाललाई पहिलो पदक प्राप्त
१९औँ एसियाली खेलकुदमा नेपाललाई पहिलो पदक प्राप्त भएको छ
- कहिले ? : २०२३ अक्टोबर ६ (२०८० असोज १९)
- खेल : कबड्डी
- पदक : कास्य
- भारतसँग ६१-१७ ले पराजित भएसँगै नेपाल कास्य पदकमै सीमित भएको हो ।
- महिला कबड्डीतर्फ नेपालले पहिलोपटक एसियाली खेलकुदमा भाग लिएको हो ।
- नेपाली टोलीमा मेनुकाकुमारी राजवंशी (कप्तान), मानमती विष्ट, जयन्ती बडु, सुनिता थापा, रविना चौधरी, अनुजा कुलुङ राई, गङ्गा घिमिरे, नितु गुरुङ, इशा राई, अर्पणा चौधरी, सिर्जना थारु र कलावती पन्त रहेका थिए । टोलीका प्रशिक्षकमा विष्णुदत्त भट्ट रहेका थिए ।
| 10. पुलिसले जित्यो प्रधानमन्त्री कपको उपाधि |
पुलिसले जित्यो प्रधानमन्त्री कपको उपाधि
छैठौं प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता को उपाधी पुलिस क्लबले जितेको छ
- फाइनल खेल : २०८० माघ २०
- विजेता : नेपाल प्रहरी
- उप विजेता : त्रिभुवन आर्मी क्लब
- पुलिसले फाइनलमा त्रिभुवन आर्मी क्लबलाई ६ विकेटले हराउँदै तेस्रो पटक उपाधि जितेको हो ।
- विजेता पुलिसले १० लाख र उपविजेता आर्मीले ५ लाख रुपैयाँ प्राप्त गरेका छन ।
- सर्वोत्कृष्ट खेलाडी : सुर्य तामाङ (बागमती प्रदेश)
- उत्कृष्ट बलर : सुर्य तामाङ (बागमती प्रदेश)
- सर्वाधिक विकेट लिने खेलाडी : सुर्य तामाङ (बागमती प्रदेश) - ३० विकेट
- उत्कृष्ट ब्याटर : अनिल शाह (मधेश प्रदेश ) - ३८६ रन
- उदीयमान खेलाडी : आशुतोष घिरैया (वागमती प्रदेश)
Guest