कसुरजन्य सम्पत्ति व्यवस्थापन विभागको स्थापना कहिले भएको हो ?
वि सं २०७८ असोज १२
– कसुरजन्य सम्पत्तिको व्यवस्थापनलाई प्रभावकारी बनाउने उद्देश्यका साथ गृह मन्त्रालयअन्तर्गत रहने गरी सो विभाग गठन भएको ।
– यसअघि अदालतले नै यससम्बन्धी कार्य गर्दै आएको ।
– कसुरजन्य सम्पत्तिको व्यवस्थापनका लागि वि सं २०७० मा संसद्बाट ऐन पास भएको साथै करिब सात महिनाअघि नियमावली बनिसकेको । त्यस्तै वि सं २०७७ साउन १५ मा कसुरजन्य सम्पत्ति व्यवस्थापन....
Show More
वि सं २०७८ असोज १२
– कसुरजन्य सम्पत्तिको व्यवस्थापनलाई प्रभावकारी बनाउने उद्देश्यका साथ गृह मन्त्रालयअन्तर्गत रहने गरी सो विभाग गठन भएको ।
– यसअघि अदालतले नै यससम्बन्धी कार्य गर्दै आएको ।
– कसुरजन्य सम्पत्तिको व्यवस्थापनका लागि वि सं २०७० मा संसद्बाट ऐन पास भएको साथै करिब सात महिनाअघि नियमावली बनिसकेको । त्यस्तै वि सं २०७७ साउन १५ मा कसुरजन्य सम्पत्ति व्यवस्थापन एकाइ गठन गरिएको थियो ।
– विभागले अपराधमा प्रयोग भएका तथा लुकाइएका र अदालतले जफत गर्न फैसला गरेका सम्पत्तिको समेत खोजी गरी नियन्त्रणमा लिनसक्ने ।
– नियन्त्रणमा लिइएका सम्पत्ति बिग्रने अवस्था भएमा अदालतको आदेश लिएर सरकारले बिक्री–वितरणसमेत गर्न सक्ने । साथै रोक्का राखिएको तथा नियन्त्रणमा लिइएको सम्पत्ति तथा साधनबाट आयस्ता हुने देखिएमा इच्छुक व्यक्ति तथा संस्थासँग सरकारी सम्पत्ति लिजमा दिनेसम्बन्धी कानुनअनुसार लिजमा दिन सक्ने ।
– अदालतको आदेशअनुसार धरौटी लिने र अन्तिम फैसलापछि फिर्ता गर्ने काम पनि विभागकै हुने ।
– कसुरजन्य सम्पत्ति लिलाम बिक्री गर्ने अधिकार पनि विभागलाई रहेको । यसका लागि विभागको महानिर्देशकको नेतृत्वमा पाँच सदस्यीय मूल्याङ्कन समिति गठन हुने प्रावधान रहेको ।
show less