भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयद्वारा पाँचवटा प्रदेशमा इम्बोस्ड नं प्लेट कहिलेदेखि अनिवार्य गर्ने निर्णय गरियो ?
वि सं २०७८ मङ्सिर १
– वि सं २०७८ मङ्सिर १ देखि नयाँ दर्ता हुने सवारीसाधनलाई इम्बोस्ड नम्बर प्लेट अनिवार्य गरिएको ।
– त्यस्तै २०७८ फागुन १ देखि सवारी नामसारी गर्दा अनिवार्य इम्बोस्ड नम्बर लगाउनुपर्ने ।
– २०७९ जेठ १ देखि भने सवारी दर्ता प्रमाणपत्र नवीकरण गर्दा इम्बोस्ड नम्बर प्लेट लगाउनुपर्ने ।
– मन्त्रालयका अनुसार इम्बोस्ड नम्बर प्लेट कार्यान्वयन सार्वजनिक सवा....
Show More
वि सं २०७८ मङ्सिर १
– वि सं २०७८ मङ्सिर १ देखि नयाँ दर्ता हुने सवारीसाधनलाई इम्बोस्ड नम्बर प्लेट अनिवार्य गरिएको ।
– त्यस्तै २०७८ फागुन १ देखि सवारी नामसारी गर्दा अनिवार्य इम्बोस्ड नम्बर लगाउनुपर्ने ।
– २०७९ जेठ १ देखि भने सवारी दर्ता प्रमाणपत्र नवीकरण गर्दा इम्बोस्ड नम्बर प्लेट लगाउनुपर्ने ।
– मन्त्रालयका अनुसार इम्बोस्ड नम्बर प्लेट कार्यान्वयन सार्वजनिक सवारी, पर्यटन सवारी, निजी सवारी, सरकारी सवारी र संस्थानका सवारीलाई अनिवार्य गरिएको ।
– अहिले बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा यो कार्यान्वन हुने । प्रदेश १ र २ मा प्रदेशको नाम निश्चित नभएसम्मका लागि स्थगित गरिएको ।
– सङ्घीय व्यवस्थाअनुसार इम्बोस्ड नम्बर प्लेट जडान गर्ने काम प्रदेशको कार्यक्षेत्रमा पर्ने । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयद्वारा सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को अनुसूची २ को क्रमसङ्ख्या १४ ले दिएको अधिकार प्रयोग गरी प्रदेशअन्तर्गतका कार्यालयमा कार्यान्वयन हुने गरी राजपत्रमा सूचना प्रकाशित गरिएको ।
show less