नेपाल पर्यटन बोर्डको स्थापना कहिले भएको हो ?
वि सं २०५५ पुस १६ गते
– वि संं २०१८ मा स्थापित पर्यटन विभागलाई खारेज गरी सरकार र निजी क्षेत्रको सहभागितामा सो बोर्ड
स्थापना गरिएको ।
– वि सं २०३३ फागुन १२ मा पर्यटन मन्त्रालयको स्थापना भएको । उक्त मन्त्रालययमा वि सं २०३९ मा हवाई विभाग गाभी पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय नामकरण गरिएको । त्यस्तै संस्कृतिको कार्यसमेत थप गरी वि सं २०५७ मा संस्कृति, पर्यटन तथा नागरिक ....
Show More
वि सं २०५५ पुस १६ गते
– वि संं २०१८ मा स्थापित पर्यटन विभागलाई खारेज गरी सरकार र निजी क्षेत्रको सहभागितामा सो बोर्ड
स्थापना गरिएको ।
– वि सं २०३३ फागुन १२ मा पर्यटन मन्त्रालयको स्थापना भएको । उक्त मन्त्रालययमा वि सं २०३९ मा हवाई विभाग गाभी पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय नामकरण गरिएको । त्यस्तै संस्कृतिको कार्यसमेत थप गरी वि सं २०५७ मा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय बनाइएको ।
– राष्ट्रिय पर्यटन प्रवद्र्धन समितिको गठन वि सं २०७२ जेठ ३१ मा गरिएको । यसको अध्यक्षमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रहने ।
– पर्यटन बोर्डको अध्यक्षमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको सचिव रहने प्रावधान रहेको ।
– पर्यटन परिषदको अध्यक्ष प्रधानमन्त्री रहने ।
– नेपालमा पहिलोपल्ट पर्यटन नीति–२०५२ तर्जुमा गरिएको । सो नीतिलाई प्रतिस्थापन गरी पछि पर्यटन नीति–२०६५
तर्जुमा गरिएको ।
– नेपालमा सर्वप्रथम वि सं २०२९ मा पर्यटन गुरुयोजना
तर्जुमा गरिएको ।
– सन् १९७८ मा जापानी नागरिक केन्जो टाँगेद्वारा लुम्बिनी गुरुयोजना तर्जुमा गरिएको ।
– पर्यटन क्षेत्रको प्रवद्र्धनका लागि पर्यटन विकास दूरदृष्टि, २०२० तर्जुमा गरिएको ।
– पर्यटकीय हिसाबले नेपाललाई विश्वमा पहिचान गराउने ब्रान्ड रहेका ।
– ‘भिजन २००५’ नामक पर्यटनसम्बन्धी अवधारणा प्रस्तुत गर्ने व्यक्ति जापानका ताकासी मियाहारा रहेका ।
– नेपालमा वातावरण पर्यटनसम्बन्धी अवधारणा छैटौँ योजनादेखि अवलम्बन गरिएको ।
– नेपालमा आधुनिक पर्यटनको सुरुवात सन् १९५३ मे २९ (सगरमाथाको आरोहणसँगै) देखि भएको मानिने ।
– नेपाल आगमन गर्ने पहिलो पर्यटक भारतका सम्राट् अशोक (इ पू २५०) मानिने ।
show less