केन्द्रीय तथ्याङ्क विभागले २०७८ वैशाखमा प्रकाशित तथ्याङ्कअनुसार आर्थिक वर्ष २०७७/०७८ मा नेपालको आर्थिक वृद्धिदर कति हुने प्रक्षेपण गरेको छ ?
४ ०१ प्रतिशत ।
– चालु आवको ९ महिनासम्मका आर्थिक क्षेत्रसँग सम्बन्धित तथ्याङ्कअनुसार सो बराबरको वृद्धिदर रहने अनुमान विभागले गरेको । यो प्रक्षेपण तयार गर्न लिइएको अवधिमा कोरोनाको असर न्यून हुँदै गएको थियो तर कोरोनाको प्रभाव बढ्दै गएको अवस्थामा प्रक्षेपणलाई संशोधन गर्नुपर्ने
विभागले जनाएको ।
– विभागका अनुसार उक्त वृद्धिदर पछि नेपालको अर्थतन्त्रको आकार ४२ खर्ब ....
Show More
४ ०१ प्रतिशत ।
– चालु आवको ९ महिनासम्मका आर्थिक क्षेत्रसँग सम्बन्धित तथ्याङ्कअनुसार सो बराबरको वृद्धिदर रहने अनुमान विभागले गरेको । यो प्रक्षेपण तयार गर्न लिइएको अवधिमा कोरोनाको असर न्यून हुँदै गएको थियो तर कोरोनाको प्रभाव बढ्दै गएको अवस्थामा प्रक्षेपणलाई संशोधन गर्नुपर्ने
विभागले जनाएको ।
– विभागका अनुसार उक्त वृद्धिदर पछि नेपालको अर्थतन्त्रको आकार ४२ खर्ब ६६ अर्ब ३२ करोड रुपियाँ पुग्ने । गत आवमा नेपालको अर्थतन्त्रको संशोधित आकार चालु मूल्यमा ३९ खर्ब १४ अर्ब ७० करोड रुपियाँ रहेको विभागले उल्लेख गरेको । त्यस्तै, विभागले गत आवको वृद्धिदरमा संशोधन गरेर २ १२ प्रतिशत ऋणात्मक रहेको उल्लेख गरेको । यसअघि विभागले १ १९ प्रतिशतले मात्र आर्थिक वृद्धिदर ऋणात्मक रहने
अनुमान गरेको थियो ।
– विश्व बैङ्कले भने चालु आवमा नेपालको वृद्धिदर २ ७ प्रतिशत रहने अनुमान गरेको ।
– एडीबीले सन् २०२१ मा नेपालको वृद्धिदर ३ १ प्रतिशत पुग्ने प्रक्षेपण हालै मात्र (सन् २०२१ अप्रिल) सार्वजनिक गरेको ।
– एसियाली विकास बैङ्क (एडीबी)ले सन् २०२१ अप्रिलमा सार्वजनिक गरेको एसियन डेभलपमेन्ट आउटलुक प्रतिवेदन अनुसार सन् २०२१ मा नेपालको आर्थिक वृद्धिदर ३ १ प्रतिशत हुने प्रक्षेपण गरेको ।
– विभागको तथ्याङ्कअनुसार नेपालीको प्रतिव्यक्ति आय चालु आवमा करिब १० हजार रुपियाँले वृद्धि भई १ लाख ४० हजार ८१९ रुपियाँ पुग्ने । गत आवमा नेपालीको प्रतिव्यक्ति आय १ लाख ३० हजार ९५७ रुपियाँ रहेको ।
show less