प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि कुन मितिमा बजेट प्रस्तुत गर्नुपर्ने संवैधानिक प्रावधान छ ?
असार १ ।
– यस प्रावधानअनुसार सातवटै प्रदेश सरकारद्वारा आव २०७८/०७९ का लागि २०७८ असार १ गते सम्बन्धित प्रदेशसभासमक्ष बजेट प्रस्तुत गरिएको ।
– कोभिड–१९ को महामारीबीच अर्थतन्त्रमा आएको सङ्कुचनका कारण प्रदेश सरकारको बजेट प्रभावित भएको ।
– सबै प्रदेश सरकारद्वारा कोभिडको रोकथाम र उपचार तथा खोप व्यवस्थाका लागि बजेटको व्यवस्था गरिएको ।
– खर्चका स्रोतमा भएको सङ्कुचनà....
Show More
असार १ ।
– यस प्रावधानअनुसार सातवटै प्रदेश सरकारद्वारा आव २०७८/०७९ का लागि २०७८ असार १ गते सम्बन्धित प्रदेशसभासमक्ष बजेट प्रस्तुत गरिएको ।
– कोभिड–१९ को महामारीबीच अर्थतन्त्रमा आएको सङ्कुचनका कारण प्रदेश सरकारको बजेट प्रभावित भएको ।
– सबै प्रदेश सरकारद्वारा कोभिडको रोकथाम र उपचार तथा खोप व्यवस्थाका लागि बजेटको व्यवस्था गरिएको ।
– खर्चका स्रोतमा भएको सङ्कुचनका कारण बजेटको आकार पनि केही प्रदेशमा घटेको ।
– कुन प्रदेशले कति रकमको बजेट प्रस्तुत गरे (कुल बजेट)
– प्रदेश १ ः रु ३२ अर्ब ४६ करोड ९२ लाख
– प्रदेश २ ः रु ३३ अर्ब ७९ करोड १४ लाख
– बागमती प्रदेश ः रु ५७ अर्ब ७२ करोड ९ लाख
– गण्डकी प्रदेश ः रु ३० अर्ब ३ करोड ९४ लाख
– लुम्बिनी प्रदेश ः रु ४० अर्ब ९५ करोड
९७ लाख
– कर्णाली प्रदेश ः रु ३६ अर्ब ५४ करोड ६६ लाख
– सुदूरपश्चिम प्रदेश ः रु ३० अर्ब ३३ करोड ९४ लाख
show less