केन्द्रीय तथ्याङ्क विभागद्वारा पहिलो पटक गरिएको राष्ट्रिय आर्थिक गणनाअनुसार जागिरेका रूपमा कार्यरत कर्मचारीको औसत मासिक तलब कति रहेको छ ?
रु २०,५४३
– प्रतिवेदनअनुसार देशभर १७ लाख नौ हजार व्यक्ति विभिन्न सङ्घसंस्थामा तलब पाउने गरी संलग्न रहेका ।
– संस्थाको प्रकृतिअनुसार मासिक औसत तलबमा पनि व्यापक अन्तर देखिएको । ठूला संस्थामा कार्यरत कर्मचारीको मासिक तलब औसतमा २६ हजार सात सय रुपियाँ, मध्यम किसिमका संस्थामा कार्यरतको २५ हजार आठ सय तथा साना प्रकृतिका संस्थामा कार्यरत कर्मचारीको मासिक औसत तलब १६ हजार ७६८ ....
Show More
रु २०,५४३
– प्रतिवेदनअनुसार देशभर १७ लाख नौ हजार व्यक्ति विभिन्न सङ्घसंस्थामा तलब पाउने गरी संलग्न रहेका ।
– संस्थाको प्रकृतिअनुसार मासिक औसत तलबमा पनि व्यापक अन्तर देखिएको । ठूला संस्थामा कार्यरत कर्मचारीको मासिक तलब औसतमा २६ हजार सात सय रुपियाँ, मध्यम किसिमका संस्थामा कार्यरतको २५ हजार आठ सय तथा साना प्रकृतिका संस्थामा कार्यरत कर्मचारीको मासिक औसत तलब १६ हजार ७६८ रुपियाँ रहेको । ठूला संस्था र लघु प्रकृतिका संस्थामा कार्यरत कर्मचारीको मासिक तलब अन्तर नै १० हजार रुपियाँभन्दा बढी रहेको ।
– प्रतिवेदनअनुसार वार्षिक चार खर्ब २१ अर्ब ३१ करोड रुपियाँ तलबबापत खर्च भएको देखिएको । यद्यपि अध्ययनमा समेटिएका त्यस्ता संस्थाले आर्जन गरेको कुल आम्दानीमध्ये तलबकोे हिस्सा निकै कम रहेको । देशैभर गरी प्रतिवेदनले समेटेका दुई लाख १९ हजार तीन सय संस्थाले वार्षिक २४ खर्ब ८६ अर्ब ११ करोड आम्दानी गरेको पाइएको । त्यसमध्ये तलबसहित त्यस्ता संस्थाको वार्षिक खर्च १७ खर्ब ८३ अर्ब ३५ करोड रुपियाँ रहेको । बाँकी सात खर्ब दुई अर्ब ७५ करोड रुपियाँ नाफा आर्जन गरेको प्रतिवेदनले औँल्याएको । कुल आर्जनमध्ये नाफाको हिस्सा २८ ३ प्रतिशत रहेको । त्यस्तै तलबबापतको खर्च भने १६ ९ प्रतिशत मात्र रहेको । अर्थात् कर्मचारीको तलबभन्दा यस्ता संस्थाले गरेको नाफा दुई खर्ब ८१ अर्ब रुपियाँ बढी रहेको ।
– अध्ययनमा विभिन्न २१ वटा क्षेत्रलाई वर्गीकरण गरी त्यसैअनुसार तथ्याङ्क सङ्कलन गरिएको । त्यसमध्ये दर्ता भएर सञ्चालनमा आएका संस्थाले वार्षिक चार खर्ब छ अर्ब र दर्ता नभई सञ्चालनमा रहेका उद्योग÷संस्थाले वार्षिक १४ अर्ब ८४ करोड रुपियाँ तलब खर्च गरेको देखिएको ।
show less