Chapter:

GK-Science-and-Technology

1. जलवायु परिवर्तनसँग सम्बन्धित विश्व सम्मेलन कोप–२६ कहिले र कहाँ सम्पन्न भयो ?


 सन् २०२१ अक्टोबर ३१–नोभेम्बर १२, ग्लास्गो, स्कटल्यान्ड
– बेलायतको ग्लास्गो सहरमा आयोजित जलवायु परिवर्तनसम्बन्धी २६औँ अन्तर्राष्ट्रिय सम्मेलनसँगै नोभेम्बर १ र २ मा वल्र्ड लिडर समिट आयोजना गरिएको ।
– कोप शिखर सम्मेलनमा जलवायुसम्बन्धी संयुक्त राष्ट्रसङ्घको फ्रेमवर्क सन्धिमा हस्ताक्षर गर्ने पक्ष राष्ट्रहरूले सहभागिता जनाएका ।
– सन् १९९४ मा भएको सन्धिको नेपाल पनि एक पक्ष राष्ट्रका रूपमा रहेको ।
– जलवायु परिवर्तनसम्बन्धी सम्मेलनको २५औँ संस्करण सन् २०१९ मा स्पेनमा सम्पन्न भएको ।

Show More

2. संयुक्त राष्ट्रसङ्घीय बालकोषको नोबल पुरस्कार कहिले प्राप्त गरेको हो ?


 सन् १९६५

Show More

3. ग्लोबल बिजनेस आउटलुक अवार्ड २०२१ अन्तर्गत ‘सोसियल कन्ट्रिव्युसन अवार्ड क्राइसिस रेस्पोन्स अवार्ड’ प्राप्त गर्ने नेपाली सञ्चार क्षेत्रको कम्पनी कुन हो ?


 एनसेल

Show More

4. सन् २०२१ मा जापानको टोकियोमा सम्पन्न ओलम्पिक खेलकुद प्रतियोगितामा पुरुष फुटबलमा स्वर्ण पदक जित्ने राष्ट्र कुन हो ?


 ब्राजिल
– ब्राजिलले स्पेनलाई २–१ गोल अन्तरले पराजित गर्दै स्वर्ण पदक हात पारेको ।
– सन् २०१६ को रियो ओलम्पिकमा पनि पुरुष फुटबलतर्फको उपाधि ब्राजिलले नै जितेको ।
– टोकियो ओलम्पिकमा महिला फुटबलको उपाधि क्यानडाले जितेको । क्यानडाले फाइनलमा स्विडेनलाई पेनाल्टी सुटआउटमा ३–२ ले हराउँदै स्वर्ण पदक
हात पारेको ।

Show More

5. ‘पर्यटनका लागि सँगसँगै’ भन्ने नारासाथ ‘नेपाल पर्यटन वर्ष’ कहिले मनाइयो ?


 सन् २०११ ।
– (यसअघि सन् १९९८ लाई ‘नेपाल भ्रमण वर्ष’ र सन् २००२–२००३ लाई ‘गन्तव्य नेपाल वर्ष’का रूपमा मनाइएको थियो ।)

Show More

6. नेपाल पहिलोपटक एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगितामा कहिले सहभागी भएको हो ?


 विसं २०७५ साउन १६ (सन् २०१८ अगस्ट १) ।
(साउन १६ मा नेदरल्यान्डसँगको खेलबाट एक दिवसीय क्रिकेटमा डेव्यु गरेको नेपाल पहिलो खेलमा पराजित भएको थियो भने साउन १८ मा नेदरल्यान्डसँगको दोस्रो खेलमा जित हासिल गरेपछि सिरिज एक–एकको बराबरी भएको ।)

Show More

7. अष्टदल रजत कमल पशुपतिनाथमा चढाउने व्यक्ति को हुन् ?

— वत्सदेवी

Show More

8. नेपालमा उपलब्ध माटोलाई कति भागमा विभाजन गरिएको छ ?


 पाँच
– (पाँगो माटो, बलौटे–पत्थरिलो माटो, रातो–फुस्रो माटो, तलैया माटो र हिमाली माटो)

Show More

9. बालविधाको हाइकू ‘चञ्चल’का सर्जक को हुनुहुन्छ ?


 भक्त कार्की (पुलाचौर, म्याग्दी) ।

Show More

10. फिल्म तथा टेलिभिजन जगत्को चर्चित अन्तर्राष्ट्रिय अवार्ड गोल्डेन ग्लोब अवार्ड (२०२२) को उपाधि जित्ने फिल्म कुन हो ?


 द पावर अफ द डग
– सन् २०२२ जनवरीमा अमेरिकाको लस एन्जल्समा सम्पन्न प्रतियोगितामा ‘द पावर अफ द डग’ सर्वोत्कृष्ट फिल्म घोषित भएको ।
– मोसन पिक्चरअन्तर्गत किङ रिचर्डले उत्कृष्ट फिल्मको अवार्ड चुमेको ।
– उत्कृष्ट विदेशी भाषाको फिल्मको उपाधि जापानी फिल्म ‘ड्राइभ माइ कार’ले जितेको ।
– त्यस्तै एनिमेटेड फिल्मको अवार्ड ‘इन्क्यान्टो’ एवं बेस्ट ओरिजिनल स्कोरको अवार्ड फिल्म डुनले जितेका ।

Show More

Topics

This Chapter GK-Science-and-Technology consists of the following topics

Current Affairs 2078

जलवायु परिवर्तनसँग सम्बन्धित विश्व सम्मेलन कोप–२६ कहिले र कहाँ सम्पन्न भयो ?

;

संयुक्त राष्ट्रसङ्घीय बालकोषको नोबल पुरस्कार कहिले प्राप्त गरेको हो ?

;

ग्लोबल बिजनेस आउटलुक अवार्ड २०२१ अन्तर्गत ‘सोसियल कन्ट्रिव्युसन अवार्ड क्राइसिस रेस्पोन्स अवार्ड’ प्राप्त गर्ने नेपाली सञ्चार क्षेत्रको कम्पनी कुन हो ?

;

सन् २०२१ मा जापानको टोकियोमा सम्पन्न ओलम्पिक खेलकुद प्रतियोगितामा पुरुष फुटबलमा स्वर्ण पदक जित्ने राष्ट्र कुन हो ?

;

‘पर्यटनका लागि सँगसँगै’ भन्ने नारासाथ ‘नेपाल पर्यटन वर्ष’ कहिले मनाइयो ?

;

नेपाल पहिलोपटक एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगितामा कहिले सहभागी भएको हो ?

;

अष्टदल रजत कमल पशुपतिनाथमा चढाउने व्यक्ति को हुन् ?

;

नेपालमा उपलब्ध माटोलाई कति भागमा विभाजन गरिएको छ ?

;

बालविधाको हाइकू ‘चञ्चल’का सर्जक को हुनुहुन्छ ?

;

फिल्म तथा टेलिभिजन जगत्को चर्चित अन्तर्राष्ट्रिय अवार्ड गोल्डेन ग्लोब अवार्ड (२०२२) को उपाधि जित्ने फिल्म कुन हो ?

;