Chapter:
current-affairs-2078
1. विश्व स्वास्थ्य सङ्गठनले कोभिड–१९ विरुद्धको कुन खोपलाई सर्वप्रथम आपत्कालीन प्रयोग गर्न अनुमति प्रदान ग¥यो ?
फाइजर
2. संयुक्त राष्ट्रसङ्घीय बालकोष (युनिसेफ)द्वारा प्रकाशित प्रतिवेदनअनुसार सबैभन्दा बढी बालविवाह हुने राष्ट्र
3. लामो समयदेखि द्वन्द्वको चपेटामा परेको सुडानमा सरकारी पक्ष र विपक्षी दल (सुडान पिपल्स लिबरेसन मुभमेन्ट–एसपीएलएम)बीच शान्ति सम्झौताको खाकामा कहिले हस्ताक्षर भएको हो ?
सन् २०२० जनवरी २४
– सम्झौतामा सुरक्षा र शासन प्रणालीका विषय समावेश गरिएको ।
– विपक्षी दल एसपीएलएम दक्षिणी क्षेत्रले ब्लु नाइल क्षेत्रमा सशस्त्र विद्रोहको नेतृत्व गरेको । सो समूह दक्षिण सुडानको सीमा क्षेत्रमा सन् २०११ देखि सक्रिय रहेको ।
4. थामी सङ्ग्रहालय कहाँ निर्माण गर्न थालिएको छ ?
दोलखा
– थामी जातिको उद्गम थलोका रूपमा मानिएको दोलखाको राङराङथलीमा सो सङ्ग्रहालय निर्माण गर्न थालिएको ।
– सङ्ग्रहालयसँगै अत्याधुनिक थिएटर, भूमेस्थान, ध्यान केन्द्र, ओपेरास्थल, पाहुना घर, बगैँचा, फाउन्टेन पार्कलगायत संरचना पनि बनाइने ।
– सङ्ग्रहालय परिसरमा आकर्षक पोखरीसमेत निर्माण गरिएको ।
5. एसिया प्रशान्त आर्थिक सहयोगको स्थापना कहिले भएको हो ?
सन् १९८९
– स्थापनाकालमा १२ देश मात्र रहेको यस सङ्गठनमा हाल २१ सदस्य राष्ट्र छन् ।
– यसको प्रधान कार्यालय सिङ्गापुरमा रहेको ।
– यस संस्थाको पहिलो सम्मेलन सन् १९८९ मा अस्ट्रेलियामा सम्पन्न भएको ।
6. अन्तर्राष्ट्रिय विकास साझेदारले नेपालमा सहायता प्रदान गर्ने सम्बन्धमा कति बुँदे आधारभूत मार्गदर्शन जारी गरेका छन् ?
१५ बुँदे
– विभिन्न चौध अन्तर्राष्ट्रिय विकास साझेदारले नेपालमा जात, धर्म, सम्प्रदाय र राजनीतिक दलका आधारमा नभई अन्तर्राष्ट्रिय स्वीकृत सिद्धान्तका आधारमा जवाफदेही र निष्पक्ष रूपमा पारदर्शी तथा समावेशी सहयोग गर्ने भन्दै कार्यक्रम सञ्चालनका लागि सन् २०१९ जुनमा १५ बुँदे आधारभूत मार्गदर्शन जारी गरेका ।
– संयुक्त राष्ट्रसङ्घ, युरोपियन युनियन, डानिडा प्रोग्राम सपोर्ट युनिट नेपाल, स्विस एजेन्सी फर डेभलपमेन्ट एन्ड कोअपरेसन (एसडीसी), नर्वेजियन दूतावास, आईएनजीओहरूको सङ्घ, अस्ट्रेलियन एड, कोरियन विकास संस्था (कोइका), फिनल्यान्ड दूतावास, जर्मन सहयोग नियोग, नेदरल्यान्ड विकास सङ्गठन, अमेरिकी दूतावास, यूके एड तथा जाइकाले आधारभूत मार्गदर्शन जारी गरेका ।
– कार्य सञ्चालनसम्बन्धी आधारभूत मार्गदर्शन पहिलो पटक सशस्त्र द्वन्द्वका बेला सन् २००२ मा र त्यसपछि सामान्य परिमार्जनसहित सन् २००७ मा जारी गरिएको ।
7. नेपालमा कति प्रजातिका सर्प पाइन्छन् ?
८३
8. सन् २०२१ डिसेम्बरमा जर्मनीको चान्सलरमा नियुक्त व्यक्तित्व को हुन् ?
ओलाफ स्कोल्ज
– ६३ वर्षीय स्कोल्ज मर्केलको सरकारमा उपचान्सलर रहेका ।
– जर्मन संसद् वुन्डेस्टागमा स्कोल्जको पक्षमा ३९५ र विपक्षमा ३०३ मत खसेको ।
9. बहुमुखी प्रतिभाका धनी एवं महान् चित्रकार लियोनार्दो दा भिन्चीको जन्म कुन देशमा भएको हो ?
इटाली
– उनको जन्म सन् १४५२ अप्रिल १५ मा इटालीमा भएको र निधन सन् १५१९ मे २ मा फ्रान्समा भएको ।
– मोनालिसा, द लास्ट सपर, द भर्चुभियन मेन, लेडी विथ एन इरमाइन उनका विश्वविख्यात चित्रहरू हुन् ।
10. सिन्धुलीगढी युद्ध सङ्ग्रहालयको उद्घाटन कहिले गरियो ?
वि सं २०७८ साउन १३
– नेपाल–अङ्गे्रज युद्धमा नेपालीले १८२४ सालमा विजय प्राप्त गरेको ऐतिहासिक सिन्धुलीगढीमा सङ्ग्रहालयको निर्माण गरिएको ।
– सिन्धुलीगढी युद्ध सङ्ग्रहालयको निर्माण ऐतिहासिक सम्पदाहरूको संरक्षणका साथै सिन्धुली जिल्लालाई पर्यटकीय क्षेत्रका रूपमा विकास गर्नसमेत मद्द्त पुग्ने जनाइएको ।
– नेपाली सेनाको नागरिक सहयोग अभियानअन्तर्गत २०७६ साल भदौ महिनादेखि सङ्ग्रहालय बनाउन सुरु गरिएको ।
All Chapters
View all Chapter and number of question available From each chapter from General-Knowledge-Theoritical
History Of Nepal
History Of Nepal gk questions
Nepal History GK
Nepal History GK
Nepal Geography GK
Nepal Geography GK
Economic development
Economic development
World History GK
World History GK
World Geography
World Geography
GK Science and Technology
GK Science and Technology
Governance System and governance
Governance System and governance
International Affairs and International Associations / Institutions
International Affairs and International Associations / Institutions
Current Affairs 2078
Current Affairs 2078
Topics
This Chapter current-affairs-2078 consists of the following topics
Guest