Chapter:

History-Of-Nepal

1. जङ्गवहादुरले कहिले राणाको उपाधि पाएका थिए ?

— वि.सं. १९०५

महाराजा जङ्गबहादुर कुँवर राणाजी, जिसिबी, जिसिएसआई (जन्म बीर नरसिंह कुँवर, वि.सं. १८७४ असार ४; जङ्गबहादुर राणाको रूपमा लोकप्रिय) नेपालको ८औँ प्रधानमन्त्री तथा प्रथम श्री ३ महाराज थिए। वि.सं. १९०३ सालमा भएको कोतपर्व[२] र भण्डारखाल पर्वपछि जङ्गबहादुर नेपालको राजनीति र शासन व्यवस्थामा एक्कासी शक्तिशाली हुन सफल भएका थिए। नेपालको शासनव्यवस्थामा राजा राजेन्द्र शक्तिशाली भएर पदासिन रहेको समयमा जङ्गबहादुरले राजदरबार भित्र आन्तरिक विद्रोह गरेर युवराज सुरेन्द्रलाई गद्दी आरोहण गराइ दामोदर पाँडे, भीमसेन थापा, रणजङ पाँडे र माथवरसिंह थापाको नीति सकारेर आफूलाई अत्यधिक शक्तिशाली बनाएका थिए।

Show More

2. परमविर चक्र पाउने प्रथम नेपाली को हुन् ?

— मेजर धनसिंह थापा

Show More

3. नेपालको ईतिहाँसमा भूकम्पको कारणवाट मर्ने राजा को हुन् ?

— अभय मल्ल

अभय मल्ल (मृत्यु १३१०) १३ औँ शताब्दीको उत्तरार्धमा नेपालको मल्ल का राजा थिए। उनको मृत्यु नेपालको इतिहासमा राम्ररी अभिलेख गरिएको छ, किनकि उनी वि.सं. १३१० को महाभूकम्पको क्रममा मरे जसले काठमाडौँ उपत्यकाको एक तिहाइ जनसंख्यालाई खतम पारे। [१] उनले लक्ष्यहोम गरेका थिए। उनको शासनकालमा लेखिएका धेरै पुस्तकहरू उपलब्ध छन्। उनका छोरा जया देव र आनन्द देवले उनको मृत्यु पछि संयुक्त राज्य गरे।

Show More

4. कस्मिरका कुन राजाले नेपालमा आक्रमण गरेका थिए ?

— जयापीड

Show More

5. पृथ्वीनारायण शाहसंग छाता र जुत्ता माग्ने राजा को हुन ?

— जयप्रकाश मल्ल

Show More

6. थापाथली सन्धिमा तिव्वतको तर्पmवाट हस्ताक्षर गर्ने व्यक्ति को थिए ?

— कालिन शास्क

थापाथली सन्धि तिब्बत (चिङ वंश मातहत) र नेपाल अधिराज्य बीच थापाथली दरबारमा भएको सन्धि हो । १९१२ पुस मा तिब्बती प्रतिनिधि मण्डल सन्धि बार्ता सुरु भयो । लामो छलफलपछी , प्रतिनिधि मण्डल बीच १९१२ चैत्र ८ मा थापाथली दरबारमा सन्धि गरियो । यहि सन्धिलाई थापाथली सन्धि भनिन्छ |

वि.सं १९१२ (जून १८५६ )मा तिब्बतले क्षतिपूर्ति स्वरूप २ लाख ३३ हजार प्रदान गर्यो ।

पहिलो वार्ता

वि.सं १९१२ श्रावणमा युद्धबाट थकित तिब्बतीले वार्ताकालागि आफ्नो प्रतिनिधि मण्डल लाई सन्धिको लागि काठमाडौँ पठाए तर कुरा नमिलेकाले वार्ता असफल भयो |

दोश्रो वार्ता
बुँदा
  1. तिब्बत सरकारले नेपाल सरकारलाई वर्षेनी रु १०,००० नेपाली रुपैया बुझाउनु पर्नेछ ।
  2. तिब्बत र नेपाल चिनियाँ सम्राटलाई सम्मानका साथ मान्छन । तिब्बत माथि कुनै तेश्रो पक्षबाट आक्रमण भएमा , नेपाल सरकारले तिब्बत सरकारलाई सहयोग गर्नेछ । यदि नेपालमा आक्रमण भएको खण्डमा , तिब्बत सरकारले नेपाली धनजनको रक्षा गर्नेछ तथा सुरक्षित स्थानमा सार्नेछ । यसको परिवहन खर्च पहिलो दुई महिना तिब्बत सरकारले व्यहोर्नेछ र त्यसपछिको नेपाल सरकारले व्यहोर्नेछ ।
  3. नेपाल तथा तिब्बत बीचको व्यापारमा , तिब्बत सरकारले नेपाली उत्पादनमा कुनै भन्सार लगाउने छैन । साथै यस सन्धि भन्दा अघि लगाइएका भन्सार पनि मिनाहा गरिनेछ ।
  4. तिब्बत साराकरले नेपालका सम्पूर्ण युद्धि बन्दि र हतियार बुझाउनु पर्नेछ । साथै नेपाल सरकारले पनि युद्धको समयमा लिएका युद्धबन्दी तथा याकहरु बुझाउनु पर्नेछ ।
  5. नेपाली व्यापारीको रेखदेखको लागि , अब उप्रान्त नेपाल सरकारको प्रतिनिधिको रूपमा नायकको सट्टा भारदार नियुक्त हुनेछ ।
  6. तिब्बतमा व्यापार गर्न सबै नेपालीलाई बिना रोकतोक अनुमति हुनेछ । सशत्र सैनिक बाहेक, सबै नेपालीलाई तिब्बतमा स्वतन्त्रतापुर्वक हिडडुल गर्न अनुमति हुनेछ ।
  7. नेपाली प्रतिनिधि ले तिब्बतको आन्तरिक मामिलामा कुनै हस्तक्षेप गर्ने छैन, साथै नेपाल भित्रको कुनै विवादमा तिब्बत सरकारले हस्तक्षेप गर्ने छैन । तर तिब्बत र नेपालवीचको विवाद को लागि, विवाद समाधानको लागि दुवै सरकारले एक एक प्रतिनिधि नियुक्त गर्नेछ।
  8. यदि कुनै अपराधी एक देशबाट उम्केर दोश्रो देशमा बसेमा, दोश्रो देशले सो अपराधी सम्बन्धित सरकारलाई सुपुर्दुगी गर्नेछ ।
  9. यदि कुनै देशको नागरिकले अर्को देशको नागरिकको छोरि गरेमा , सो देशले पिडितको सम्पूर्ण सम्पति फिर्ताको व्यवस्था र अपराधीलाई सजायको व्यबस्था गर्नेछ ।

तिब्बत सरकार ( २००६ पछि जनवादी गणतन्त्र चीन सरकार)ले नेपाल सरकारलाई सय वर्षसम्म (२०१२ सम्म) वर्षेनी रु १०,००० नेपाली रुपैया बुझायो ।


प्रधानमन्त्री चन्द्रशमशेर को पालामा ग्याल्पो काण्डले पुन: नेपाल भोट युद्ध हुन लागेको थियो तर अंग्रेजको मध्यस्ततापछी सो युद्ध टर्यो ।

Show More

7. माध्यमिक कालिन नेपालका शिखर शैलिमा वनेका मन्दिरहरुलाई के भनिन्थ्यो ?

— गन्धकुट

Show More

8. जग्गाको चार किल्ला वाध्ने नियम कस्ले चलाएका थिए ?

— राम शाह

Show More

9. कुन राजालाई जयप्रकाश मल्लको अवतार भनिन्थ्यो ?

— रणवहादुर शाह

Show More

10. सिंहदरवारमा आगलागि पूर्व कति चोक र कति कोठाहरु रहेका थिए ?

— ३ चोक १४०० कोठा

Show More

Topics

This Chapter History-Of-Nepal consists of the following topics