Current Affairs 2078

Course: General Knowledge Theoritical — Practice MCQs, solutions, formulas & past entrance questions.

Chapter:

Current-Affairs-2078 (Click to view content)

1. तीन जिल्ला जोड्नेगरी तीनमुखे झोलुङ्गेपुलको निर्माण कहाँ गर्न थालिएको छ ?


 रिडीधाम (स्याङ्जा, गुल्मी र पाल्पा जिल्लालाई जोड्नेगरी) ।
– आवागमनको सहजीकरणका साथै धार्मिक तथा पर्यटकीय दृष्टिले समेत महत्त्व राख्नेगरी सरकारले सो पुल निर्माण गर्न थालेको । सरकारले यस पुललाई विशिष्टीकृत पुलको नामकरण गरेको ।
– आव २०७७÷०७८ भित्रै पुल निर्माण गरिसक्ने योजना रहेको जनाइएको ।

Show More

2. पारवहनका लागि नेपाली रेलले वीरगञ्ज र विराटनगरदेखि कोलकाता/हर्दियासम्म रेल सेवा दिन सक्नेसम्बन्धी सम्झौतामा कहिले सहमति भएको हो ?


 वि सं २०७८ असार २५
– (नेपाल र भारतबीच संशोधित रेल सेवा सम्झौताअनुसार नेपालबाट तेस्रो मुलुकसँगको व्यापारका लागि भारतीय निजी क्षेत्रको रेल सेवासमेत उपयोग गर्न सकिने भएको । यसअघि निश्चित कम्पनीबाट सञ्चालित रेल सेवा मात्र ढुवानीका लागि प्रयोग गर्नुपर्ने बाध्यात्मक अवस्था रहेकोमा अब भने धेरै विकल्प खुला भएको ।)

Show More

3. भाषा वंशावली कस्को पालामा लेखिएको थियो ?

— जयस्थिति मल्ल

Show More

4. जलवायु परिवर्तनको अनुकूूलनमा नवीनतम समाधानका कार्यक्रमलाई प्रवद्र्धन गर्ने उद्देश्यले सन् २०१६ अप्रिलमा घोषणा गरिएको पुरस्कार कुन हो ?


 अनुकूूलन व्यापकता प्रवद्र्धन पुरस्कार ।
(बेलायती अन्तर्राष्ट्रिय विकास नियोग (डीएफआईडी) को आर्थिक सहयोग एवम् आईएमसी वल्र्डवाइडको व्यवस्थापकीय सहकार्यमा आइडियाज टु इम्प्याक्ट नामक संस्थाद्वारा सो पुरस्कार घोषणा गरिएको हो । यस पुरस्कारअन्तर्गत दुई छुट्टाछुट्टै पुरस्कार रहेका छन् । पहिलो चरणको प्रोत्साहन पुरस्कारको राशि एक लाख ५० हजार पाउन्ड स्टर्लिङ र दोस्रो चरणको कार्यान्वयन पुरस्कारको राशि तीन लाख २५ हजार पाउन्ड स्टर्लिङ रहेको छ । यो पुरस्कारमा छनोट हुन सङ्घ संस्थाले दुई चरणमा आपूmलाई योग्य प्रमाणित गर्नुपर्नेछ ।)

Show More

5. नदीमा सुन चाल्ने र माछा मारेर जीविका चलाउँदै आएका सोनाहा जातिको मुख्य बसोबास कहाँ रहेको छ ?


 बर्दिया, कैलाली र कञ्चनपुर
(झन्डै एक हजार २४० को सङ्ख्यामा रहेको सोनाहा जाति सूचीकृत नहुँदा राज्यबाट पाउने सेवा सुविधाबाट वञ्चित भएको ।)

Show More

6. मिस युनिभर्स नेपाल २०२१ को उपाधि जित्ने युवती को हुन् ?


 सुजिता बस्नेत
– उनले १० लाख नगदसहित हीराजडित ताज पहिरिन सफल भएकी ।
– उपाधि विजेता बस्नेतले सन् २०२१ डिसेम्बर १२ मा इजरायलमा हुने मिस युनिभर्समा नेपालको तर्फबाट प्रतिनिधित्व गर्ने ।
– प्रतियोगितामा निनाकान्ता मण्डल फस्ट रनर्सअप, रक्षा उप्रेती सेकेन्ड रनर्सअप, प्रतीक्षा महरा क्षेत्री थर्ड रनर्सअप र डा केशु खड्का फोर्थ रनर्सअप घोषित भएका ।

Show More

7. नेपालको शिक्षा पद्धतिमा नेपाली विषयलाई अनिवार्य गराउने पहिलो व्यक्ति को हुन् ?


 महाकवि लक्ष्मीप्रसाद देवकोटा ।

Show More

8. नेपाल तथा एसियाली अध्ययन केन्द्र (सिनास) कहाँ रहेको छ ?


 त्रिभुवन विश्वविद्यालय, कीर्तिपुर परिसरमा
– यो संस्था भाषा विज्ञान, इतिहास, भूगोल, राजनीतिशास्त्र, समाज विज्ञान र धर्म–संस्कृतिको अध्ययन–अनुसन्धान गर्ने थलोका रूपमा स्थापना भएको ।
– वि सं २०२९ साउन १ मा स्थापित इन्स्टिच्युट अफ नेपाल स्टडीलाई वि सं २०३४ भदौमा तत्कालीन त्रिवि ऐनअनुसार नेपाल तथा एसियाली अध्ययन केन्द्र (सिनास)मा रूपान्तरण गरिएको ।
– सिनासले प्रकाशन गर्ने जर्नल विश्वका ११२ मुलुकका विश्वविद्यालयसम्म पुग्ने गरेकोमा हाल ५८ विश्वविद्यालयमा मात्रै पुग्ने गरेको ।
– त्रिविअन्तर्गत सिनाससहित आर्थिक विकास तथा प्रशासन केन्द्र (सेडा), व्यावहारिक विज्ञान तथा प्राविधिक अनुसन्धान केन्द्र (सेरिड) सञ्चालनमा रहेका ।

Show More

9. आइफेल टावरका डिजाइनर को हुन् ?


 अलेक्जेन्डर गुस्ताफ आइफेल ।

Show More

10. कसुरजन्य सम्पत्ति व्यवस्थापन विभागको स्थापना कहिले भएको हो ?


 वि सं २०७८ असोज १२
– कसुरजन्य सम्पत्तिको व्यवस्थापनलाई प्रभावकारी बनाउने उद्देश्यका साथ गृह मन्त्रालयअन्तर्गत रहने गरी सो विभाग गठन भएको ।
– यसअघि अदालतले नै यससम्बन्धी कार्य गर्दै आएको ।
– कसुरजन्य सम्पत्तिको व्यवस्थापनका लागि वि सं २०७० मा संसद्बाट ऐन पास भएको साथै करिब सात महिनाअघि नियमावली बनिसकेको । त्यस्तै वि सं २०७७ साउन १५ मा कसुरजन्य सम्पत्ति व्यवस्थापन एकाइ गठन गरिएको थियो ।
– विभागले अपराधमा प्रयोग भएका तथा लुकाइएका र अदालतले जफत गर्न फैसला गरेका सम्पत्तिको समेत खोजी गरी नियन्त्रणमा लिनसक्ने ।
– नियन्त्रणमा लिइएका सम्पत्ति बिग्रने अवस्था भएमा अदालतको आदेश लिएर सरकारले बिक्री–वितरणसमेत गर्न सक्ने । साथै रोक्का राखिएको तथा नियन्त्रणमा लिइएको सम्पत्ति तथा साधनबाट आयस्ता हुने देखिएमा इच्छुक व्यक्ति तथा संस्थासँग सरकारी सम्पत्ति लिजमा दिनेसम्बन्धी कानुनअनुसार लिजमा दिन सक्ने ।
– अदालतको आदेशअनुसार धरौटी लिने र अन्तिम फैसलापछि फिर्ता गर्ने काम पनि विभागकै हुने ।
– कसुरजन्य सम्पत्ति लिलाम बिक्री गर्ने अधिकार पनि विभागलाई रहेको । यसका लागि विभागको महानिर्देशकको नेतृत्वमा पाँच सदस्यीय मूल्याङ्कन समिति गठन हुने प्रावधान रहेको ।

Show More

Topics

This Chapter Current-Affairs-2078 consists of the following topics

Current Affairs 2078

तीन जिल्ला जोड्नेगरी तीनमुखे झोलुङ्गेपुलको निर्माण कहाँ गर्न थालिएको छ ?

;

पारवहनका लागि नेपाली रेलले वीरगञ्ज र विराटनगरदेखि कोलकाता/हर्दियासम्म रेल सेवा दिन सक्नेसम्बन्धी सम्झौतामा कहिले सहमति भएको हो ?

;

भाषा वंशावली कस्को पालामा लेखिएको थियो ?

;

जलवायु परिवर्तनको अनुकूूलनमा नवीनतम समाधानका कार्यक्रमलाई प्रवद्र्धन गर्ने उद्देश्यले सन् २०१६ अप्रिलमा घोषणा गरिएको पुरस्कार कुन हो ?

;

नदीमा सुन चाल्ने र माछा मारेर जीविका चलाउँदै आएका सोनाहा जातिको मुख्य बसोबास कहाँ रहेको छ ?

;

मिस युनिभर्स नेपाल २०२१ को उपाधि जित्ने युवती को हुन् ?

;

नेपालको शिक्षा पद्धतिमा नेपाली विषयलाई अनिवार्य गराउने पहिलो व्यक्ति को हुन् ?

;

नेपाल तथा एसियाली अध्ययन केन्द्र (सिनास) कहाँ रहेको छ ?

;

आइफेल टावरका डिजाइनर को हुन् ?

;

कसुरजन्य सम्पत्ति व्यवस्थापन विभागको स्थापना कहिले भएको हो ?

;
WhatsApp